एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका लिजेण्ड पल स्कोल्सले मिडफिल्डर पाउल पोग्बा काल्पनिक संसारका मात्र उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।
पछिल्लो समय पोग्बाले युनाईटेड छाड्ने हल्ला चलिरहेको बेला स्कोल्सले उनलाई काल्पनिक संसार (फेन्टासी फुटबल) को मात्र उत्कृष्ट खेलाडी रहेको बताएका हुन् ।
स्कोल्सले पोग्बा काल्पनिक संसारमा बाँचिरहेको र आफुले आफुलाई मात्र ठुलो खेलाडी सोचेको बताए । उनले पोग्बासंग पुर्व युनाईटेडका लिजेण्ड मिडफिल्डर ब्रायन रोब्सन र रोय केनको स्तरमा पुग्ने क्षमता भएको समेत बताए ।
'पोग्बाले चाहेमा उनि ब्रायन रोब्सन र रोय केन जस्तै बन्न सक्नेछन् । यदि उनले चाहदैन भने उनले आफ्नो सानो काल्पनिक संसार समात्ने छन् । र, आफु उत्कृष्ट भएको सोच्ने छन् ।'
फ्रान्सलाई विश्वकप उपाधि दिलाउन सफल मिडफिल्डर पोग्बाले युनाईटेडमा भने उत्कृष्ट खेल खेल्न सकिरहेका छैनन् । जसको कारण स्कोल्स पोग्बासंग प्रभावित हुन सकेका छैनन् । पोग्बाले पनि पछिल्लो समय क्लब छाड्ने मनासय बनाएका छन् ।
यस्तै पुर्व मिडफिल्डर स्कोल्सले युनाईटेडले यसअघि विश्व स्तरिय खेलाडी गुमाईसकेको कारण पोग्बाले क्लब छाडे क्लबलाई असर नगर्ने समेत बताए ।
युनाईटेडले धेरै उत्कृष्ट खेलाडीहरु गुमाईसकेको छ । तर, यसले क्लबलाई असर गर्दैन,' स्कोल्सले भने, 'रोय केन, डेभिड बेकह्याम, क्रिस्टियानो रोनाल्डो जस्ता उत्कृष्ट खेलाडीले क्लब छाडेका थिए ।'