एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले प्रतिष्ठित अवार्ड 'सेन्ट जर्ज क्रस' अवार्ड जितेका छन् ।
स्पेनको क्याटलोनियाले सरकारले प्रदान गर्ने यस अवार्ड मेस्सीले पहिलो पटक जितेका हुन् ।
क्याटलोनिया क्षेत्रको परिचय र संस्कृतिमा विशेष योगदान दिने व्यक्तिलाई यस अवार्ड प्रदान गरिन्छ । सन् १९८१ बाट प्रदान गरिदै आएको यस अवार्ड स्पेनको प्रतिष्ठित अवार्ड हो ।
अर्जेन्टिनाका स्ट्राइकर मेस्सीले बार्सिलोनाबाट खेल्दै क्याटलोनिया र बार्सिलोनाको चिनारीमा विशेष योगदान गरिएको भन्दै यस अवार्ड प्रदान गरिएको हो ।
आफ्नो पुस्ताकै सर्वकालीन महान खेलाडीको परिचय बनाएका मेस्सीले पाँच पटक बालोन डी'ओर अवार्ड जितिसकेका छन् ।
सन् २००४ मा बार्सिलोनामा आबद्द मेस्सीले बार्सिलोनाका लागि ६८१ खेलमा ५९८ गोल गरिसकेका छन् । उनले क्याम्प नाउमा ३२ मुख्य उपाधि जितेका छन् ।