काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले अहिले आयोजक म्यानमारसंग खेलिरहेको छ ।
मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० को अग्रता बनाएको छ ।
खेलको ३९ औं मिनेटमा मनिषा राउतले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी हुन् । प्रिती राईलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो ।
छनोटको अघिल्लो दुई खेलमा पराजित नेपालले अन्तिम खेलमा आयोजकसंग खेलिरहेको हो ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । सुरुवाती दुई खेल गुमाएको नेपालको अर्को चरण पुग्ने सम्भावना भने सकिएको छ । तर, नेपाल घरेलु टोलीलाई रोक्दै अंक जोडेर घर फर्कन चाहन्छ ।