काठमाडौं । रुस्लान थ्रीस्टार क्लब मेची नेत्रालय गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापा काँकडभित्तामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा माई भ्याली युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा पुगेको हो ।
थ्रीस्टारको जितमा राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङले निर्णायक गोल गरे । उनले खेलको ४१ औं मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच थ्रीस्टार क्लबका सुशिल राई चुनिए ।
यसअघि भएको खेलमा विजयी हुँदै संकटा, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगितामा बुधबार पहिलो सेमिफाइलन खेल हुनेछ । पहिलो सेमिफाइलन खेलमा संकटा क्लब र नेपाल पुलिस क्लब भिड्नेछ्न ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।