एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका डिफेन्डर एरिक विलीले यस सिजनको बाँकी सबै खेल गुमाउने भएका छन् ।
प्रिमियर लिग अन्तर्गत चेल्सीसंगको खेलमा चोट बोकेपछि विलीले यस सिजनको बाँकी खेल गुमाउने भएका हुन् । म्यानचेस्टर युनाईटेडले विलीले यस सिजनको बाँकी खेल गुमाउने पुष्टि गरेको छ ।
अब म्यान्चेस्टर युनाईटेडले यस सिजन हडर्सफिल्ड र कार्डिफसंग खेल्न बाँकी रहेको छ ।
चेल्सीविरुद्धको खेलमा आइभोरी कोष्टका डिफेन्डर विलीले दाँया खुट्टाको घुँडामा चोट बोकेका थिए । उनको घुँडाको लिगामेन्ट च्यातिएको बताईएको छ ।
घरेलु मैदानमा भएको उक्त खेलमा युनाईटेडले चेल्सीसंग १-१ गोलको बराबरी खेलेको थियो ।
यस्तै विलीले अफ्रिकन कप अफ नेसन्स समेत गुमाउने सम्भावना बढेको छ । अफ्रिकन कप अफ नेसन्स आगामी जुनबाट सुरु हुनेछ ।