एजेन्सी । कोलकत्ता नाइट राईडर्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा कोलकत्ताले मुम्बईलाई ३४ रनले पराजित गरेको हो ।
इडेन गार्डेन्समा कोलकत्ताले दिएको २३३ रनको फराकिलो लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो ।
मुम्बईका लागि हार्दिक पाण्डयाले ९१ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीको हार टार्न सकेनन् । यस्तै मुम्बईका लागि सूर्यकुमार यादवले २६ तथा कुर्नाल पाण्डयाले २४ रन बनाए ।
कोलकत्ताका सुनिल नारिने, ह्यारी गुर्ने र आन्द्रे रसेलले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभर खेल्दै २ विकेट गुमाएर २३२ रन बनाएको थियो ।
कोलकत्ताका लागि सुबमन गिल, क्रिस लान र आन्द्रे रसेलले अर्धशतक बनाए ।
निकै आक्रामक ब्याटिङ गर्दै अविजित रहेका रसेलले ८० रनको योगदान दिए । यस्तै गिलले ७६ रन जोड्दा लानले ५४ रन बनाए ।
मुम्बईका दिपक चाहर र हार्दिक पाण्डयाले १/१ विकेट लिए ।
यो जितसंगै कोलकत्ताले १२ खेलबाट १० अंक जोडेको छ । र, कलकत्ता पाँचौं स्थानमा उक्लिएको छ ।
पराजित मुम्बई १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।