एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले वर्नलीलाई पराजित गरेको छ ।
आईतबार भएको खेलमा पाहुना टोली सिटीले वर्नलीलाई १–० गोल अन्तरले हराएको हो ।
सिटीको जितमा एक मात्र गोल सर्जियो अग्युरोले गरे । उनले खेलको ६३ औ मिनेटमा गोल गर्दै सिटीलाई महत्वपुर्ण तीन अंक दिलाए ।
वर्नलीलाई हराउँदै सिटीले तालिकाको शीर्ष स्थानमा पुनरागमन गरेको छ । र उपाधि होडमा आफुुलाई बलियो बनाएको छ ।
लिगमा ३६ खेलको समाप्तिमा सिटीले दोस्रो स्थानको लिभपुलसंग एक अंकको अग्रता लिएको छ ।
सिटीको ९२ अंक छ । लिभरपुलको ९१ अंक छ । वर्नली ४० अंक सहित तालिकाको १५ औ स्थानमा यथावत छ ।