काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ग्रान्डमास्टर जावलाखेल युथ क्लब दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।
नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको खेलमा जावलाखेलले आर्मीलाई १–० ले पराजित गरेको हो ।
खेलको चौथो मिनेटमा विदेशी खेलाडी ड्यानियल बेजेले जावलाखेलका लागि विजयी गोल गरे । आर्मीले जावलाखेललाई दवावमा राखेपनि गोल गर्न सफल भएन ।
जावलाखेलका बिशाल तामाङ खेलको म्यान अफ दि म्याच भए । उनले जनही ५ हजार रुपैया प्राप्त गर्यो ।
दीपशिखा युवा समूहको आयोजनामा भएको प्रतियोगितामा सोमबार फ्रेन्डस् क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ ।
प्रतियोगितामा ‘ए’ डिभिजनसहित ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लब र एपीएफसँगै जाउलाखेल युथ क्लब, आयोजक दीपशिखा युवा समुह, सरस्वती युथ क्लब, फ्रेन्डस् क्लब, वीरगन्ज युनाइटेड र च्यासल युथ क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।