एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । आइतबार भएको खेलमा आर्सनल लेष्टर सिटीसंग ३-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा १० खेलाडीमा सिमित आर्सनलविरुद्ध दोस्रो हाफमा तीन गोल गर्दै लेष्टरले जित निकालेको हो । लेष्टरलाई जित दिलाउन जेमी भार्डीले २ गोल गरे । यस्तै युरी टेलीमान्सले एक गोल गरे ।
खेलको ३६ औं मिनेटमा मेटल्याण्ड नेल्सले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा आर्सनल १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा लेष्टरले उठायो ।
खेलको ५९ औं मिनेटमा टेलीमान्सले गोल गर्दै लेष्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ८६ औं मिनेटमा भार्डीले गोल गर्दै लेष्टरको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई ३-० को जित दिलाए ।
लेष्टरसंगको हारसंगै पाँचौं स्थानको आर्सनलले ६६ अंक जोडेको छ । जितसंगै आठौं स्थानमा उक्लिएको आर्सनलले ५१ अंक जोडेको छ ।