एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई जितका लागि १८८ रनको लक्ष्य दिएको छ ।
फिरोज शाह कोट्ला मैदानमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो ।
दिल्लीका लागि कप्तान श्रेयस एयर र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । कप्तान एयरले ५२ तथा धवनले ५० रन बनाए ।
यस्तै शेर्फान रुथार्फोर्डले अविजित २८ तथा अक्षर पटेलले अविजि १६ रन बनाए । दिल्लीका पृथ्वी श १८ रनमा आउट हुँदा कोलिन इम्ग्रामले ११ रन बनाए ।
बैंगलोरका युजभेन्द्र चाहलले २ विकेट लिए ।
बैंगलोरविरुद्ध सन्दीप दिल्लीको प्लेईङ सेटमा परेका छन् । सन्दीपले यस सिजन ५ खेलमा ८ विकेट हात पारिसकेका छन् ।
दिल्ली बैंगलोरलाई पराजित गर्दै प्ले अफ नजिक पुग्न चाहन्छ । दिल्ली आठौं जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ ।
तेस्रो स्थानको दिल्लीको ११ खेलबाट १४ अंक रहेको छ । दिल्ली घरेलु टोलीलाई हराएर शीर्ष स्थानको चेन्नई सुपर किङ्ससंगको अंक बराबरी गर्न चाहन्छ । चेन्नईको १६ अंक रहेको छ ।
यता बैंगलोर घरेलु टोलीलाई पराजित गर्दै अंक तालिका सुधार गर्न चाहन्छ । ११ खेलबाट ८ अंक जोडेको बैंगलोर पुछारमा छ ।