काठमाडौं । थाइल्याण्डमा सम्पन्न एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपालका कप्तान बिशाल बिक्रम केसी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाललाई उपाधि दिलाउन सफल कप्तान बिशाल 'प्लेयर अफ दि टुर्नामेन्ट' चुनिएका हुन् । आइतबार भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको थियो ।
बिशालले प्रतियोगिता भर ५ खेलमा ९३ रन बनाउदा ३ विकेट हात पर्न सफल भएका थिए ।
यस्तै फाइनल खेलका म्यान अफ दि म्याच नेपालका दिपक बोहोरा घोषित भए । दिपकले मलेसियाविरुद्ध २३ रन बनाउदै ३ विकेट हात पारेका थिए ।
प्रतियोगिताका उत्कृष्ट बलर मलेसियाका सचिनु हित्तेज घोषित भए । यस्तै उत्कृष्ट ब्याट्सम्यान सिंगापुरका गिरिनी राहुल गुने घोषित भए ।