एजेन्सी । प्रिमियर लिगमा अब केही चरणका खेल बाँकी छन् । शीर्ष स्थानको लिभरपुलले दुई र दोस्रो स्थानको म्यानचेष्टर सिटीले तीन खेल मात्र खेल्न बाँकी छ ।
एक हिसावमा उपाधिको दौडमा म्यानचेष्टर सिटी बलियो अवस्थामा छ । बाँकी खेल जितेमा म्यानचेष्टर सिटीलाई कसैले उपाधिबाट बिमुख गराउन सक्ने छैन । तर एक खेल तलमाथि हुने बित्तिकै उपाधिमा लिभरपुलको हात माथि पर्ने पक्का छ ।
त्यसैले आईतबार राति वर्नलीको भ्रमणमा निस्कदै गर्दा म्यानचेष्टर सिटीलाई उपाधिको दबाब रहनेछ ।
तालिकाको १५ औ स्थानमा रहेको वर्नलीलाई रेलिगेशनको डर छैन । तर उसले म्यानचेष्टर सिटीको उपाधि यात्राको कथा फरक लेखिदिन सक्नेछ ।
मुख्य कुरा म्यानचेष्टर सिटीविरुद्व वर्नलीलाई सबै खेलाडी उपलब्ध हुनेछन् । सोही कारण अवे खेलमा म्यानचेष्टर सिटीले थप दबाब महशुश हुनेछ । सिटीले मुख्य प्लेमेकर केभिन डि ब्रुोईनलाई आजको खेलमा गुमाउनेछ ।
आजै राति प्रिमियर लिगमा थप दुई खेल हुनेछन्, लेस्टर र आर्सनल तथा म्यानचेष्टर युनाईटेड र चेल्सीबीच ।
दुवै खेलको नतिजाले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने समिकरणको कथा भन्नेछन् ।\
चेल्सी ६७ अंक सहित चौथो स्थानमा छ । एक अंक कम भएको आर्सनल पाँचौ स्थानमा छ । थप एक अंक कम भएको म्यानचेष्टर युनाईटेड तालिकाको छैटौ स्थानमा छ ।
मुख्य बिषय म्यानचेष्टर युनाईटेडलाई च्याम्पियन्स लिग छनोटको दौडमा कायम रहन घरेलु मैदानमा चेल्सीविरुद्व जित्नैपर्ने दबाब छ ।