काठमाडौं । सीएमजी संकटा क्लब मेची नेत्रालय गोल्डकप फुटबलको सेमिफाइनल प्रबेश गरेको छ ।
शनिबार झापा काँकडभिट्टामा भएको खेलमा संकटाले आयोजक मेची नेत्रायललाई ४-१ गोल अन्तरले पराजित गर्यो ।
संकटलाई अन्तिम चारमा पुर्याउन बिदेशी खेलाडी फोडे फोफानाले ह्याट्रिक गरे । यस्तै क्रिस्टियनले एक गोल थपे ।
पराजित मेचीका लागि एक मात्रै गोल बिमल घर्ती मगरले गरे । राष्ट्रिय टिमका युवा स्टाइकर विमल आयोजक क्लबको तर्फबाट मैदान उत्रिएका थिए ।
खेलको म्यान अफ दि म्याच संकटा क्लबका फोडे फोफाना चुनिए । उनले ११ हजार प्राप्त गरे ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।