काठमाडौं । नेपालमा पहिलो पटक एसियन क्रिकेट सिक्सेस टुर एएससीटीले च्यारिटी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । डीभीबास इभेन्ट्स एण्ड मिडिया प्रा लिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता पाँच ओभरमा खेलाईनेछ ।
प्रतियोगिता सेप्टेम्बर २० देखि २२ गते सम्म पोखरामा संचालन हुने आयोजकले बताएको छ । दुई दिन चल्ने प्रतियोगितामा अन्तराष्ट्रिय बिभिन्न १६ टोलीको सहभागिता रहने छ ।
सन् २००२ मा एएससीटीले पहिलो पटक हङकङमा प्रतियोगिता आयोजना गरेको थियो । एएससीटीले हालसम्म ५ भन्दा बढि राष्ट्रमा ५२ प्रतियोगिता आयोजना गरिसकेको छ ।
प्रतियोगितामा सहभागी टोलीमा ७ खेलाडी हुनेछन् भने हरेक इनिङ्स ५ ओभरको हुनेछ । ब्याट्सम्यानले ३० रन जोड्दा आउट भएको मानिने छ । वाईड बललाई चौका मानिने छ ।
च्यारिटी लिग भएका कारण सबै डक, गोल्डेन डक तथा डक नहुने खेलाडीलाई समेत जरिवाना गरिने आयोजकले बताएको छ ।
पोखरामा संचालन हुने प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले पर्यटक भित्राउने लक्ष्य सहित प्रवर्दनमा सहयोग गरेको छ ।