काठमाडौं । आयोजक कर्णाली-११ ले वाईवाई कर्णाली प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा मध्य पश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै कर्णालीले लगातार दोस्रो जित निकालेको हो ।
सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ४ विकेट गुमाएर १४८ रनको योगफल तयार गरको थियो ।
कर्णालीका लागि कप्तान रबिन्द्र जंग शाहीले अविजित ६१ रन योगदान दिए। यस्तै कृष्ण कार्कीले अविजित ४६ रन बनाउँदा लोकेस बमले १७ रन बनाए । मध्य-पश्चिमका तुल्सीराम अहिनले २ विकेट लिए।
कर्णालीले दिएको १४९ रनको लक्ष्य पछ्याएको मध्य-पश्चिमले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो । मध्य-पश्चिमका शैलेन्द्र यादबले सर्वाधिक ३१ रन जोड्दा राजबिर सिंहले ३० तथा आकाश बिस्टले २३ रन बनाए ।
कर्णालीका कृष्ण कार्कीले ३ तथा किशोर महतोले २ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच कृष्ण कार्की चुनिए।
यो जितसंगै कर्णालीले सेमीफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।