काठमाडौं । धरान फुटबल क्लब काकरभिट्टामा जारी मेचीनगर गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा च्यासल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै धरान क्वाटरफाइनलमा पुगेको हो ।
धरानको जितमा मिलन राईले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा मिलनले गोल गरेका थिए ।
अब धरानले सेमिफाइनल प्रवेशका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ५ लाख १ हजार प्राप्त गर्ने छन् ।