काठमाडौं । चावहिल स्पोर्ट्स क्लब र जोरपाटी एफसी चित्रकुमार स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
चावहिलले बानेश्वर युनाइटेडलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।
अर्को सेमिफाइनलमा जोरपाटीले कीर्तिपुरलाई ५–१ गोलले हरायो ।
विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार पाउने छन् ।