काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले अहिले अष्ट्रेलियासंग प्रतिस्पर्धा गरिरहेको छ ।
म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा अष्ट्रेलियाविरुद्ध नेपालले खराब प्रदर्शन गरिरहेको छ ।
पहिलो हाफको खेल सकिदा नेपाल अष्ट्रेलियासंग ६-१ गोल अन्तरले पछि परेको छ । १० मिनेट नबित्दै दुई गोल खाएको नेपाल सबै पक्षमा अष्ट्रेलियासंग कमजोर देखिएको छ । शारीरिकरुपमा बलियो देखिएको अष्ट्रेलियाले नेपालविरुद्ध एकतर्फ खेल पस्किएको छ ।
नेपालले पहिलो हाफको इन्जुरी समयमा एक गोल फर्काएको छ । नेपालका लागि मन्जली कुमारी योञ्जनले एक गोल फर्काएकी हुन् ।
फिफाको महिला वरियतामा अष्ट्रेलिया ९७ औं स्थान माथि रहेको छ । महिला वरियतामा अष्ट्रेलिया छैटौं स्थानमा रहदा नेपाल १०६ औं स्थानाम छ ।