काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले अहिले अष्ट्रेलियासंग प्रतिस्पर्धा गरिरहेको छ ।
म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा अष्ट्रेलियाविरुद्ध नेपालले खराब प्रदर्शन गरिरहेको छ । नेपालले ४० मिनेट नबित्दै आधा दर्जन गोल खाईसकेको छ । र, नेपालले एक गोल पनि फर्काउन सकेको छैन । नेपाल ६-० ले पछि रहेको छ ।
फिफाको महिला वरियतामा ९७ औं स्थान माथिको अष्ट्रेलियालाई रोक्न नेपाललाई कठिन चुनौती हुनेछ । महिला वरियतामा अष्ट्रेलिया छैटौं स्थानमा रहदा नेपाल १०६ औं स्थानाम छ । त्यसैले अष्ट्रेलियाविरुद्ध नेपाल कम गोल खाने प्रयासमा समेत हुनेछ ।