काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले अहिले अष्ट्रेलियासंग प्रतिस्पर्धा गरिरहेको छ ।
म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा अष्ट्रेलियाविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ । नेपालले १० मिनेट नबित्दै २ गोल खाएको छ ।
अष्ट्रेलियाले खेलको चौंथो मिनेटमा अग्रता बनाएको थियो । यस्तै सातौं मिनेटमा पेनाल्टीबाट अष्ट्रेलियाले अग्रता दोब्बर बनाएको छ ।
फिफाको महिला वरियतामा ९७ औं स्थान माथिको अष्ट्रेलियालाई रोक्न नेपाललाई कठिन चुनौती हुनेछ । महिला वरियतामा अष्ट्रेलिया छैटौं स्थानमा रहदा नेपाल १०६ औं स्थानाम छ । त्यसैले अष्ट्रेलियाविरुद्ध नेपाल कम गोल खाने प्रयासमा समेत हुनेछ ।