काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) बलियो टिम अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ ।
दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यानमार पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासंग खेल्न लागेको हो । म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुनेछ ।
समूह 'ए' कै सर्वाधिक बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपाल कम्तिमा बराबरी खेल्ने लक्ष्यसहित मैदान उत्रने छ ।
अष्ट्रेलियासंगको खेलअघि नेपालले म्यानमारमा गरेको छ ।
नेपालको तयारी फोटोमा हेर्नुहोस् -
तस्बिर -Myanmar Football Federation