एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले राजस्थान रोयल्सलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ ।
इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनायो ।
कोलकत्ताका लागि दिनेश कार्तिकले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रनको योगदान दिए ।
यस्तै नितेश रानाले २१ रन जोड्दा सुबमान गिल र आन्द्रे रसेलले १४/१४ रन बनाए । राजस्थानका भरुण आरोनले २ विकेट लिए ।
आज घरेलु टोली कोलकत्ता राजस्थानलाई हराएर प्ले अफ सम्भावना जीवित राख्ने लक्ष्यसहित मैदान उत्रने छ ।
छैटौं स्थानको कोलकत्ताले १० खेलबाट ८ अंक जोडेको छ । राजस्थानलाई हराउँन सके कोलकत्ताले शीर्ष चारमा रहेको टिमसंग अंक बराबरी गर्नेछ ।
आन्द्रे रसेल जस्ता खेलाडी रहेको कोलकत्ता राजस्थानलाई दोस्रो भेटमा हराउँन चाहन्छ । यस सिजनको पहिलो भेटमा कोलकत्ताले राजस्थानलाई ८ विकेटले हराएको थियो ।
यता,राजस्थान पहिलो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा मैदानमा उत्रने छ । लिगको पुछारमा रहेको राजस्थान २ अंक जोड्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
राजस्थानले १० खेलबाट ६ अंक जोडेको छ ।