मोरङ । प्रथम मिक्लाजुङ गोल्डकपको उपाधि लेटाङ एफसीले जितेको छ ।
मिक्लाजुङ ६ स्थित लालमटी खेल मैदानमा बिहिबार भएको फाइनलमा बेलबारी एफसी १-० गोल अन्तरले पराजित गर्दै लेटाङले उपाधि जितेको हो ।
लेटाङको जितमा सुपर सब भुवन राईले निर्णयक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७ औं मिनेटमा बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका भुवनले निर्णायक गोल गरे ।
फाइनलमा निर्णायक गोल गरेका भुवन म्यान अफ द म्याच घोषित भए ।
सिर्जनशील युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधिसंगै लेटाङले १ लाख ५ हजार ५ नगद प्राप्त गर्दा उपविजेता बेलबारीले ५५ हजार ५ प्राप्त गर्यो ।
प्रतियोगितामा लेटाङका मीन धिमाल उत्कृष्ट खेलाडी घोषित भए । यस्तै व्यक्तिगत विधागत तर्फ लेटाङका अभिषेक लिम्बु उत्कृष्ट डिफेन्डर, यमन मगर फरवार्ड र बेलबारीका विवेक पौडेल उत्कृष्ट मिडफिल्डर घोषित भए ।
बेलबारीका मौसम लिम्बु उदयीमान खेलाडी बन्दा ४ गोल गरेका बेलबारीका निशान लिम्बु सर्वाधिक गोलकर्ता चुनिए ।