काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले हङकङसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
बिहिबारबाट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएसंगै नेपालले फाइनल प्रवेशको लागि हङकङलाई प्रतिद्वन्दी पाएको हो ।
समूह चरणमा समूह 'ए' विजेता बनेको नेपालले समूह 'बी' को उपविजेता हङकङसंग सेमिफाइनलमा खेल्ने भएको हो ।
प्रतियोगितामा नेपालले ३ खेलबाट ५ अंक जोडेर समूह विजेता बनेको हो । यस समूहमा मलेसिया ४ अंकसहित उपविजेता बन्यो ।
समूह 'बी' मा हङकङले ३ खेलबाट ३ अंक जोड्यो ।
प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बिहिबार आयोजक थाइल्याण्डसंग १/१ अंक बाडेको थियो । बर्षाको कारण खेल रद्द भएपछि नेपाल र थाइल्याण्डले अंक बाडेको हो ।
त्यसअघि साविकको विजेता समेत रहेको नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।
यस्तै अर्को सेमिफाइनलमा समूह 'बी' को विजेता सिंगापुरले समूह 'ए' को उपविजेता मलेसियाको सामना गर्नेछ ।सेमिफाइनलको दुवै खेल शनिबार हुनेछ ।
अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
यो पनि पढ्नुहोस् -
थाइल्याण्डसंगको खेल रद्द, नेपाल समूह विजेता