काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार नेपाल र आयोजक थाइल्याण्डबीचको खेल रद्द भएको छ ।
थाइल्याण्डको चियाङमाईमा चट्याङसहितको वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो ।
नेपालले दिएको २३५ रनको फराकिलो लक्ष्यसहित आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहदा बर्षा भएपछि खेल पुन: संचालन हुन नसक्दा रद्द भएको हो ।
खेल बर्षाले रोकिनु अघि थाइल्याण्डले १ ओभर ५ बलमा १ विकेट गुमाएर रन जोड्न सकेको थिएन् । नेपालका प्रसान्त महतले थाइल्याण्डले चावात्रीचाईलाई सुन्य रनमा आउट गरेका थिए ।
खेल नतिजाविहीन बनेसंगै नेपाल र थाइल्याण्डले १/१ अंक बाडेका छन् । थाइल्याण्डसंग अंक बाडेसंगै नेपालले समूह बिजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । आयोजक थाइल्याण्ड भने समूह चरणबाट बाहिरिएको छ ।
तस्बिरमा हेर्नुस् खेल :
तस्बिर : एसीसी