एजेन्सी । इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि सहभागी सबै राष्ट्रको राष्ट्रिय टिमको घोषणा भएको छ ।
बुधबार वेष्ट इण्डिजले विश्वकप खेल्ने टोलीको घोषणा गरेसंगै सहभागी १० राष्ट्रको राष्ट्रिय टिमको टुंगो लागेको हो ।
यस पटकको विश्वकप क्रिकेटमा नाम कहलिएका प्राय सबै खेलाडीको उपस्थिति रहने छ । विश्वमा कहलिएका क्रिकेटरहरुले आफ्नो आफ्नो टिममा स्थान पक्का गरेका छन् ।
विश्व क्रिकेटको कुम्भमेला विश्वकप क्रिकेट इंग्ल्यान्ड र वेल्समा आगामी मे ३० बाट सुरु हुनेछ । जसमा १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी टिम :
इंग्ल्यान्ड, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रीका, अष्ट्रेलिया,पाकिस्तान, बंगलादेश,श्रीलंका, वेष्ट इण्डिज, अफगानिस्तान
कुन टिममा कस्ता खेलाडी ? कप्तान को ?
इंग्ल्यान्ड - इयान मोर्गन (कप्तान)
भारत - विराट कोहली (कप्तान)
न्युजिल्याण्ड - केन विलियम्सन (कप्तान)
दक्षिण अफ्रीका - फाप डु प्लेसिस (कप्तान)
अष्ट्रेलिया - आरोन फिन्च (कप्तान)
पाकिस्तान - सर्फ्राज अहमेद (कप्तान)
बंगालदेश -मस्राफी मोर्टजा (कप्तान)
श्रीलंका - दिमुथ करुनारत्ने (कप्तान)
वेष्ट इण्डिज -जासन होल्डर (कप्तान)
अफगानिस्तान - गुल्बादीन नाइब (कप्तान)