ललितपुर । विभागीय टिम आर्मी, ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेश गरेको छ । काठमाडौंको हिमालय शेर्पा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा आर्मीलाई जिताउन विवेक चौधरी र सुसन लामाले समान एक एक गोल गरे । एक गोल आत्मघाति रहन गयो ।
खेलको ४२ औ मिनेटमा छिरिङ लामाको आत्मघाति गोलसंगै आर्मीले अग्रता लिएको थियो । ७२ औ मिनेटमा विवेकले आर्मीको अग्रतालाई दोब्बर पारे । दोस्रो हाफको इन्जुरी समयमा सुसनले गोल गर्दै आर्मीलाई ३–० को फराकिलो जित दिलाए ।
आर्मीले फाईनल प्रवेशकालागि मोरङ फुटबल क्लबसंग प्रतिस्पर्धा गर्नेछ । च्यासल युथ क्लबलाई हराउदै मोरङ यसअघिनै सेमिफाईनल प्रवेश गरिसकेको छ ।