एजेन्सी । वायर्न म्युनिख जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलमा वेर्डेर ब्रेमेनलाई ३-२ गोल अन्तरले पराजित गर्दै वायर्न उपाधि नजिक पुगेको हो ।
ब्रेमेनको घरेलु मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै थोमस मुलरको नाममा एक गोल रह्यो ।
ब्रेमेनको युया ओशाका र मिलोट राशिकाले एक एक गोल फर्काए ।
खेलको ३६ औं मिनेटमा लेवान्डोस्कीले गोल गरे वायर्नलाई अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा मुलरले गोल गर्दै वायर्नको अग्रत २-० को बनाए ।
तर, खेलको ७४ औं मिनेटमा ब्रेमेनका ओशाकाले गोल गर्दै खेल २-१ मा ल्याए । त्यसको एक मिनेट नबित्दै ७५ औं मिनेटमा ब्रेमेनका राशिकाले गोल गर्दै खेल २-२ को बराबरी बनाए ।
तर, खेलको ८० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै वायर्नलाई ३-२ को जित दिलाए ।
अब वायर्नले उपाधिका लागि आरबी लिपजिङसंग खेल्नेछ ।