एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (बिहिबार) एक खेल हुँदैछ ।
आईपीएल अन्तर्गत बिहिबार कोलकत्ता नाइट राईडर्स र राजस्थान रोयल्सबीच खेल हुनेछ । दुई टोलीबीचको खेल राति ८:१५ मा सुरु हुनेछ ।
इडेन गार्डेनमा घरेलु टोली कोलकत्ता राजस्थानलाई हराएर प्ले अफ सम्भावना जीवित राख्ने लक्ष्यसहित मैदान उत्रने छ ।
छैटौं स्थानको कोलकत्ताले १० खेलबाट ८ अंक जोडेको छ । राजस्थानलाई हराउँन सके कोलकत्ताले शीर्ष चारमा रहेको टिमसंग अंक बराबरी गर्नेछ ।
आन्द्रे रसेल जस्ता खेलाडी रहेको कोलकत्ता राजस्थानलाई दोस्रो भेटमा हराउँन चाहन्छ । यस सिजनको पहिलो भेटमा कोलकत्ताले राजस्थानलाई ८ विकेटले हराएको थियो ।
यता,राजस्थान पहिलो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा मैदानमा उत्रने छ । लिगको पुछारमा रहेको राजस्थान २ अंक जोड्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
राजस्थानले १० खेलबाट ६ अंक जोडेको छ ।