एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलको म्यानचेष्टर डर्बीमा सिटीले जित निकालेको छ । बुधबार राति भएको खेलमा म्यानचेष्टर सिटीले शहरी प्रतिद्वन्दी म्यानचेष्टर युनाईटेडलाई २–० गोल अन्तरले हराएको हो ।
जितसंगै सिटीले तालिकाको शीर्ष स्थानमा पुनरागमन गरेको छ ।
युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा ५४ औ मिनेटमा बर्नार्डो शिल्भाले सिटीलाई अग्रता दिलाएका थिए ।
लिरो सानेले ६६ औ मिनेटमा गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए ।
जितपछि सिटीले ८९ अंक सहित तालिकाको शीर्ष स्थानलाई मजबुद बनाएको छ । लिभरपुल ८८ अंक सहित तेस्रो स्थानमा धलेकिएको छ । छैटौ स्थानमा रहेको युनाईटेडको ६४ अंक भएको छ ।
पछिल्लो हारले च्याम्पियन्स लिगमा छनोट हुने युनाईटेडको लक्ष्यमा गम्भिर धक्का लागेको छ ।