एजेन्सी । एसोसियट राष्ट्र ओमान र अमेरिकाले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय अन्तराष्ट्रिय राष्ट्रको मान्यता प्राप्त छ ।
नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईको शीर्ष ४ मा पर्दै ओमान र अमेरिकाले एकदिवसीय मान्यता प्राप्त गरेको हो ।
ओमान डिभिजन २ को शीर्ष स्थानमा रहेको छ । ओमानले ४ खेलमा ८ अंक जोडेको छ ।
दोस्रो स्थानको अमेरिकाले ४ खेलबाट ६ अंक जोडेको छ ।
अमेरिकाले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको हो । नेपालका पुर्व प्रशिक्षक समेत रहेको पुबुदु दाशानायाकेले अमेरिकालाई एकदिवसीय राष्ट्रको सफलता दिलाएका हुन् ।