एजेन्सी । युरोपियन क्लब फुटबलमा सन् २०१८/१९ को सिजन जारी छ । युरोपियन क्लब फुटबलको लिग अब केहि साता मन्त्र बाँकी छ ।
कतिपय लिगको उपाधि छिनोफानो तय भईसकेको छ भने कतिपयको बाँकी रहेको छ । तर, लिग नसकिदै 'गोल्डेन शु' (सुनको जुत्ता) दाबेदार खेलाडीको चर्चा सुरु भएको छ ।
फुटबल समर्थकहरुलाई यस सिजन कसले यस अवार्ड जित्छ भन्ने कौतुहलता जागेको छ । हरेक सिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीले 'गोल्डेन शु' पाउने गर्छन् ।
यस पटक गोल्डेन शु को दौडमा चर्चित खेलाडीहरु नै अगाढी रहेका छन् । यस सिजन बार्सिलोनाका कप्तान लियोनल मेस्सी मुख्य दाबेदारको रुपमा रहेका छन् । मेस्सी यस पटक ह्याट्रिक अभियानमा रहेका छन् ।
बर्सिलोनाका स्ट्राइकर मेस्सीले यस सिजन ३३ गोल उपाधिको मुख्य दाबेदारको रुपमा प्रस्तुत गरेका छन् ।
यस्तै यस सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) का केलियन एमबाप्पेले गोल्डेन शु को दाबेदार रहेका छन् । यसै साता पुर्व क्लबविरुद्ध ह्याट्रिक गर्दै एमबाप्पेले ३० गोल पुरा गर्दै मेस्सीलाई पछ्याईरहेका छन् ।
मेस्सी र एमबाप्पे गोल्डेन शुका लागि प्रमुख दाबेदार बन्दा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० बाट बाहिरिएका छन् । रोनाल्डोले यस सिजन मात्र १९ गोल गरेका छन् । रोनाल्डो ११ औं स्थानमा छन् ।
गोल्डेन शुका लागि शीर्ष १० खेलाडी को को ?
१. लियोनल मेस्सी - ३३ गोल
२. केलियन एमबाप्पे - ३० गोल
३. एमबेई डिगने - २८ गोल
४. लुक डी जोङ - २७ गोल
५. फाबियो क्वागेलरेल्ला - २२ गोल
६. रोबर्टो लेवान्डोस्की - २१ गोल
७. क्रेजोस्टोफ पियाटेक - २१ गोल
८. करिम बेन्जिमा - २१ गोल
९. दुभान जापटा - २१ गोल
१० - लुइस स्वारेज - २० गोल