एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (बुधबार) एक खेल हुँदैछ ।
एम चिन्नास्वामी स्टेडियममा बुधबार रोयल च्यालेन्जर्स बैंगलोर र किङ्स इलाभेन पन्जाबबीच खेल हुनेछ । दुई टोलीबीचको खेल राति ८:१५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा बैंगलोर चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । लिगको पुछारमा रहेको बैंगलोरको १० खेलबाट ६ अंक रहेको छ ।
यस सिजन खराब लयबाट गुज्रिरहेको बैंगलोर पन्जाबलाई हराउँदै लय समात्न चाहन्छ । यस्तै बैंगलोर पन्जाबविरुद्ध लगातार जित निकाल्न चाहन्छ ।
यस सिजनको पहिलो भेटमा बैंगलोरले पन्जाबलाई ८ विकेटले हराएको थियो ।
यता, पन्जाब घरेलु टोलीसंग बदला लिने योजनासहित मैदान उत्रनेछ । यस्तै पन्जाब बैंगलोरलाई हराएर प्ले अफ सम्भावना जीवित राख्न चाहन्छ ।
पाँचौं स्थानको पन्जाबले १० खेलबाट १० अंक जोडेको छ ।