एजेन्सी । इजिप्टका फरवार्ड मोहमद सलाह सन् २०२३ सम्म लिभरपुलमै रहने भएका छन् । सलाहले सोमबार लिभरपुलसंग लामो समयसम्मको लागि नयाँ सम्झौता गरेका छन् ।
सलाहले लिभरपुलसंग थप पाँच बर्षको लागि नयाँ सम्झौता गरेका हुन् । सलाह गत सिजन इटालियन क्लब रोमाबाट लिभरपुल आएका थिए । उनी ३७ मिलियन पाउण्डमा इटालियन क्लब रोमाबाट इङ्ल्याण्ड आएका थिए । प्रशिक्षक योर्गेन क्लोपले टिमका मुख्य खेलाडी सालाहलाई क्लबमै राख्न सफल भएका छन् । सलाहको उच्चस्तरको प्रर्दशनपछि स्पेनिस क्लब रियल मड्रिड समेत उनलाई लिन इच्छुक देखिएको थियो ।
लिभरपुल आएकै सिजन २६ बर्षीय सलाहले उत्कृष्ट खेल पस्केका थिए । लिभरपुलबाट गत सिजन ५२ खेलमा सलाहले ४४ गोल गरेका थिए ।
लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन सलाहले महत्वपूर्ण योगदान दिएका थिए । गत सिजन सलाहले प्रिमियर लिगमा गोल्डेन बुट जितेका थिए ।
यस्तै सलाहले इजिप्टलाई रुस विश्वकपसम्मको यात्रा तय गराएका थिए । विश्वकप भने इजिप्ट समूह चरणबाट बाहिरिएको थियो । विश्वकपमा सलाहले १ गोल गरेका थिए ।