एजेन्सी । भारतीय पुर्व कप्तान राहुल द्रविड र अष्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङलाई अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) ले 'हल अफ फेम' द्वारा सम्मान गरेको छ । यस्तै इंग्ल्यान्डका पुर्व महिला विकेटकिपर क्लायर टेलरलाई पनि 'हल अफ फेम' ले सम्मानित गरेको छ ।
विश्व क्रिकेटमा पुर्राएको योगदानलाई कदर गर्दै आइसीसीले आयरल्याण्डको डब्लिनमा द्रविड, पोन्टिङ र टेलरलाई 'हल अफ फेम' बाट सम्मानित गरिएको हो ।
द्रविड आइसीसीको 'हल अफ फेम' बाट सम्मानित हुने पाँचौ भारतीय हुन् । यस्तै पोन्टिङ अष्ट्रेलियाका २५ औं र टेलर महिलामा अवार्ड पाउने सातौं खेलाडी हुन् ।
द्रविड र पोन्टिङले टेष्ट क्रिकेट र एक दिवसीय क्रिकेटमा १० हजार रन बनाईसकेका छन् ।
द्रविडले १ सय ६४ टेष्टमा १३ हजार २ सय ८८ रन जोडेका छन् । यस्तै ३ सय ४४ एकदिवसीय १० हजार ८ सय ८९ रन बनाएका थिए ।
पोन्टिङले १ सय ६८ टेष्टमा १३ हजार ३ सय ७८ रन जोडेका छन् । पोन्टिङले ३ सय २५ एकदिवसीयमा १३ हजार ७ सय ४ रन बनाएका थिए ।
टेलरले १५ टेष्टमा १ सय ३ रन र १ सय २६ एकदिवसीयमा ४ हजार १ सय १ रन बनाएकी थिइन् ।