एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष भित्र उक्लिएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बर्नलीसंग २–२ गोलको बराबरी खेल्दै लण्डन क्लब चेल्सीले अंक बाँडेको हो । सोही अंक चेल्सीलाई शीर्ष चार भित्र अटाउन पर्याप्त बन्यो ।
चौथो स्थानको चेल्सीले ३५ खेलबाट ६७ अंक जोड्यो । समान अंक भएपनि गोल अन्तरका आधारमा टोटेनहम तेस्रो स्थानमा रह्यो । आर्सनल ६६ अंक सहित पाँचौ स्थानमा छ ।
शीर्ष चारभित्र रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने चार टोलीबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।
घरेलु मैदानमा चेल्सी आठौं मिनेटमा पछाडी प¥यो । जेफ हेन्डरिकले गोल गर्दै बर्नलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ईडेन हजार्डको पासलाई सदुपयोग गर्दै एनगोलो कान्टेले १२ औ मिनेटमा चेल्सीका लागि बराबरी गोल फर्काए ।
त्यसको ६ मिनेट पछाडी चेल्सीकै गोन्जालो हिग्विनले घरेलु टोलीलाई अग्रता दिलाउन काम गरे । तर २४ औ मिनेटमा एश्ले बान्र्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
बराबरीको नतिजाले बर्नली लगभग रेलिगेशनबाट जोगिएको छ । बर्नली ४० अंक सहित तालिकाको १५ औ स्थानमा छ । १८ औ स्थानको कार्डिफ सिटी भन्दा बर्नली ९ अंकले अगाडी छ ।