एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदान जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो ।
राजस्थानका लागि अजिंका रहानेले १०५ रनको शतकीय इनिङ्स खेले । अविजित रहेका रहानेले ६३ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा स्टुवार्ड बिनीले १९ रन बनाए ।
दिल्लीका कागीसो राबडाले २ विकेट लिए । यस्तै इशान शर्मा,क्रिस मोरिस र अक्षर पटेलले १/१ विकेट लिए ।
आज दिल्ली सातौं जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ । तेस्रो स्थानको दिल्लीको १० खेलबाट १२ अंक रहेको छ । दिल्ली घरेलु टोलीलाई हराएर शीर्ष स्थानको चेन्नई सुपर किङ्ससंगको अंक बराबरी गर्न चाहन्छ । चेन्नईको १४ अंक रहेको छ ।
घरेलु मैदानमा राजस्थान चौंथो जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ३ जित निकालेको राजस्थान ६ अंक जोडेर सातौं स्थानमा छ ।