एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार भएको खेलमा रियलले एट्लेटिको बिल्बाओलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बेन्जिमाले ह्याट्रिक गर्दै टोलीलाई जित दिलाएका थिए ।
खेलको ४७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा बेन्जिमाले ह्याट्रिक गोल पुरा गर्दै रियललाई ३-० को जित दिलाए ।
यो संगै बेन्जिमाले जारी सिजन ला लिगामा १९ औं गोल पुरा गर्न सफल भएका छन् ।
जितसंगै रियलले ३३ खेलबाट ६४ अंक जोडेको छ । रियल लिगको तेस्रो स्थानमा रहेको छ । बिल्बाओ ४६ अंक जोडेर सातौं स्थानमा छ ।