एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाईट राइडर्सले सनराइजर्स हैदरावादलाई जितका लागि १६० रनको लक्ष्य दिएको छ ।
हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १५९ रन बनायो ।
कोलकत्ताका लागि क्रिस लिनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रिन्कु सिंहले ३० तथा सुनिल नारिनेले २५ रन बनाए । हैदरावादका खलिल अहमेदले ३ तथा भुवनेश्वरले २ विकेट लिए ।
घरेलु मैदानमा हैदरावाद पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ४ जित निकालेको राजस्थान ८ अंक जोडेर पाँचौ स्थानमा छ ।
कोलकत्ता पनि पाँचौ जितको खोजीमा हुनेछ । छैटौं स्थानको कोलकत्ताको ९ खेलबाट ८ अंक नै रहेको छ ।