एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछ ।
आइतबार हुने पहिलो खेलमा सनराइजर्स हैदरावाद र कोलकत्ता नाईट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच खेल हुनेछ ।
हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा हुने घरेलु टोली र कोलकत्ताबीचको खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
घरेलु मैदानमा हैदरावाद पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ४ जित निकालेको राजस्थान ८ अंक जोडेर पाँचौ स्थानमा छ ।
कोलकत्ता पनि पाँचौ जितको खोजीमा हुनेछ । छैटौं स्थानको कोलकत्ताको ९ खेलबाट ८ अंक नै रहेको छ ।
यस्तै आइतबार हुने दोस्रो खेलमा पुछारको बैंगलोर र शीर्ष स्थानको चेन्नईबीचले प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबिचको खेल राति ८:१५ मा सुरु हुनेछ ।
बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा घरेलु टोली तेस्रो जितको खोजीमा हुने छ । बैंगलोरले ९ खेलबाट ४ अंक जोडेको छ ।
यता, चेन्नई भने आठौं जितको खोजीमा हुनेछ । चेन्नई बैंगलोरलाई हराएर प्ले अफ सम्भावना बलियो बनाउन चाहन्छ ।
चेन्नईले ९ खेलबाट १४ अंक जोडेको छ ।