एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साबिकको विजेता वायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा वायर्नले वेर्डर ब्रेमेनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा वायर्नलाई जित दिलाउन निकलस सुलेले निर्णायक गोल गरे । १० खेलाडीमा सिमित ब्रेमेनविरुद्ध ७५ औं मिनेटमा सुलेले निर्णायक गोल गरेका थिए । खेलको ५८ औं मिनेटमा मिलोस भेल्जकोभिकले रातो कार्ड पाएपछि ब्रेमेन १० खेलाडीमा समेटिएको थियो ।
जितसंगै वायर्नले लिगमा आफ्नो अग्रता ४ अंकको बनाएको छ । र, उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । शीर्ष स्थानको वायर्नले ३० खेलबाट ७० अंक जोडेको छ ।
दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ६६ अंक छ ।