एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटलबको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ गोल अन्तरले हराएको हो ।
जितसंगै बार्साले लिग तालिकामा ९ अंकको अग्रता लिएको छ ।
खेलको ४५ औ मिनेटमा क्लेमेन्ट लेङ्गलेटको गोलबाट घरेलु टोलीले खेलमा अग्रता लिएको थियो ।
जुआनमीले ६२ औ मिनेटमा पाहुना टोलीको तर्फबाट बराबरी गोल फर्काएका थिए । त्यसको दुई मिनेटपछि जोर्डी अल्बाले ६४ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई स्पष्ट तीन अंक दिलाए ।
बार्सिलोनालाई लिग जित्न अब ६ अंक आवश्यक छ । लिगमा अझै पाँच खेल बाँकी छन् ।
शनिबार रातिनै भएको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिडले इबरलाई १–० ले हराएको थियो ।
बार्सिलोनाको ३३ खेलबाट ७७ अंक छ । रियल सोसिडाडको १० खेलबाट ४१ अंक छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ६८ अंक छ ।