मोरङ । सेभेन स्टार फुटबल क्लब पथरी शनिश्चरे स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सुनाखरी खेल मैदान शनिबार भएको खेलमा नव प्रतिभा सामाजिक क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै सेभेन स्टार उपाधि नजिक पुगेको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सेभेनका हर्क भुजेल, भबिन रिमाल, सुजन चौधरी र जेट्ली राईले गोल गरे । नव प्रतिभाका निगन लिम्बु, स्वाकर भट्टराई र धन श्याम चौहानले गोल गरे ।
अब सेभेन स्टारले उपाधिका लागि आयोजक यलम्बर युवा क्लबसंग खेल्नेछ ।
प्रतियोगिताको विजेताले २० हजार १११ सय नगद प्राप्त गर्दा दोस्रोले १० हजार १११ रुपैया पाउने छन् ।