एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा भईरहेको छ ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले घरेलु मैदानमा पन्जाबसंग खेलिरहेको हो ।
दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा दिल्लीविरुद्ध पन्जाबले अहिले ब्याटिङ गरिरहेको छ ।
पन्जाबविरुद्ध सन्दीप दोस्रो ओभरमा महँगो बनेका छन् । सन्दीपले दोस्रो ओभरमा १६ रन खर्चिए ।
सन्दीपको बलमा पन्जाबका क्रिस गेलले ४ चौका प्रहार गरे ।
सन्दीप पहिलो ओभरमा भने विकेट लिन सफल भएका थिए । सन्दीपले पहिलो ओभरको चौंथो बलमा लोकेश राहुललाई १२ रनमा आउट गरे ।
सन्दीपले पहिलो ओभरमा ११ रन खर्चेर १ विकेट झार्न सफल भए ।
योसंगै सन्दीपले यस सिजन ५ खेलमा ६ विकेट हात पार्न सफल भएका छन् ।