एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले घरेलु मैदानमा पन्जाबसंग खेल्न लागेको हो ।
दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबविरुद्ध दिल्लीले टस जितेर पहिले बलिङ रोजेको छ ।
पन्जाबविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई प्लेईङ सेटमा राखेको छ । सन्दीप पछिल्लो ३ खेलमा दिल्लीको प्लेईङ सेटमा परेका थिएनन् । सन्दीपले यस सिजन ४ खेलमा ५ विकेट हात पारेका छन् ।
सन्दीपको टिम दिल्ली छैटौं जितको खोजीमा रहेको छ । दिल्लीले ९ खेलमा ५ जित निकालेको छ । १० अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ ।
पन्जाब पनि छैटौं जितको खोजीमा हुनेछ । चौंथो स्थानको पन्जाबले ९ खेलबाट १० अंक नै जोडेको छ ।