एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट क्लब राजस्थान रोयल्सले कपन परिवर्तन गरेको छ ।
यस सिजनको ८ खेल सकिदा टिमले उच्च प्रदर्शन गर्न नसक्दा राजस्थानले कप्तान परिवर्तन गरेको हो । राजस्थानले अजिंका रहानेलाई हटाएर स्टिभ स्मिथलाई कप्तानी सुम्पिएको छ ।
अब राजस्थानले बाँकी खेलहरु स्मिथको कप्तानीमा खेल्नेछ । स्मिथ गत सिजन पनि राजस्थानका कप्तान थिए । तर, बल टेम्परिङ विवादमा परेपछि स्मिथले कप्तानी र आईपीएल छाडेका थिए । स्मिथ अष्ट्रेलियाका पुर्व कप्तान समेत हुन् ।
राजस्थानले मुम्बई इन्डियन्सविरुद्धको खेलअघि कप्तान परिवर्तन गरेको हो ।
जयपुरस्थित सवाई मानसिंह स्टेडियममा आज राजस्थानले मुम्बईको सामना गर्नेछ ।
८ खेलमा २ जित निकालेको राजस्थान ४ अंक जोडेर सातौं स्थानमा छ । दोस्रो स्थानको मुम्बईको ९ खेलबाट १२ अंक रहेको छ ।