काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाललाई म्यानमारले जितका लागि ५९ रनको समान्य लक्ष्य दिएको छ ।
थाइल्याण्डको चियाङमाईमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १३ ओभर २ बलमा अलआउट हुँदै ५८ रनमा समेटियो ।
म्यानमारका लागि काउङ क्याले सर्वाधिक १९ तथा क्रिस्टोफरले ११ रन बनाए । म्यानमारका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् ।
म्यानमारलाई सस्तैमा समेट्न कप्तान विशाल बिक्रम केसीले ४ विकेट लिए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
म्यानमारविरुद्ध मैदान उत्रदा नेपाल जितसहित सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तुलनात्मक रुपमा कमजोर टोलीविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने छैन ।
साविकको विजेता नेपाललाई उपाधि रक्षाको चुनौती समेत रहेको छ ।
यू-१६ प्रतियोगितामा म्यानमारविरुद्ध नेपालको नतिजा उत्कृष्ट रहेको छ । गत संस्करणको समूह चरणको भेटमा नेपालले म्यानमारलाई ३३७ रनले हराएको थियो ।
नेपाल शनिबार पहिलो खेलमा म्यानमारविरुद्ध अघिल्लो संस्करणको जितलाई कायम राख्ने लक्ष्यमा हुनेछ । यता, म्यानमार भने नेपालसंग बदला लिने योजनासहित मैदान उत्रने छ ।
अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।