एजेन्सी । ब्राजिलियन पूर्व फुटबलर रिभाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सी 'बालोन डी'ओर' उपाधिको हकदार रहेको बताएका छन् ।
बार्सिलोनाबाट च्याम्पियन्स लिग जिते वा नजितेपनि छैटौं बालोन डी'ओरको हकदार मेस्सी रहेको रिभाल्डोले बताए ।
‘मेस्सीले ला लिगामा गोल र असिस्ट गर्दै समयबाट सर्वाधिक गोलकर्ता बन्दै आईरहेका छन् । मलाई लाग्छ च्याम्पियन्स लिगमा पनि उनको योग्यता रहेको छ,’ पूर्व फिफा बर्ष खेलाडी रिभाल्डोले भने, ‘यदि मेस्सीले च्याम्पियन्स लिग नजिते पनि ‘बालोन डी'ओर’ को योग्य छन् ।’
मेस्सीले पाँच पटक बालोन डी'ओरको उपाधि जितिसकेका छन् । यस सिजनको अवार्ड जित्दै मेस्सी छैटौं पटक अवार्ड जित्ने अभियानमा रहेका छन् ।
यस्तै रिभाल्डोले मेस्सीले विश्वकप जित्न नसकेकोमा आफुलाई दुख लागेको समेत बताए ।
‘मेस्सीको वर्णन गर्न सम्भव छैन । मलाई मेस्सी धेरै मनपर्छ तर, मलाई दुख लागेको छ । अर्जेन्टिनाले विश्वकप जित्न सकेन्’ बार्सिलोनाका पुर्व खेलाडी रिभाल्डोले थपे, 'यो पुरस्कारका लागि उनी योग्य छन् । किनभने उनीजस्तो विश्वका चर्चित खेलाडी विश्व च्याम्पियन हुनुपर्छ ।’