एजेन्सी । म्यानचेष्टर युनाईटेडका नयाँ प्रशिक्षक ओले गुनर सोल्सायरको नियुक्तीलाई लिएर ईङ्ल्याण्डका एक पुर्व मिडफिल्डरले प्रश्न उठाएका छन् । ईङ्ल्याण्डको राष्ट्रिय फुटबल टिमका पुर्व मिडफिल्डर जरमनी जेनसले मुख्य प्रशिक्षकमा सोल्सायरको नियुक्ती म्यान युनाईटेडका लागि गलत रोजाई भएको बताएका हुन् ।
सोल्सायरले म्यान युनाईटेडका लागि १९९९ मा च्याम्पियन्स लिगको फाईनलमा गोल गर्दै उपाधि जिताएका थिए ।
उनले गत डिसेम्बरमा जोसे माउरिन्होलाई स्थानान्तरण गर्दै पुर्व क्लबको बागडोर सम्हाल्न आईपुगेका थिए ।
स्थायी रुपमा क्लबमा आए पछी उनले ११ म्याचमा १० खेल जितेका थिए । तर उनले पछिल्ला ७ खेलमा ५ खेल हारेका छन् ।
सोल्सायरको नियुक्तीबारे बीबीसीले गरेको प्रश्नमा उनले भने, ‘मलाई लाग्छ, यो सबै भावनात्मक निर्णय थिए ।’
सोल्सायर म्यान युनाईटेड आउँदै गर्दा क्लब छैटौ स्थानमा रहेको थियो । र शीर्ष चार स्थान भन्दा ११ अंकले पछाडी थियो । तर अहिले क्लब चौथो स्थानको आर्सनल भन्दा मात्र दुई अंकले पछाडी छ ।
नर्वेजियन प्रशिक्षक सोल्सायरले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा उत्कृष्ट पुनरागमन गर्दै क्लबलाई क्वार्टरफाईनलको यात्रा तय गराएका थिए । पहिलो लेगमा २–० ले पछाडी परेको स्थितीमा उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमाथि पुनरागमन जित निकालेका थिए ।
तर क्वार्टरफाईनलमा क्लब स्पेनिस महारथी बार्सिलोनासंग समग्रमा ४–० ले पराजित रह्यो ।
लगातारको खराब प्रर्दशन पछाडी सोल्सायरले गत शुक्रबार खेलाडीलाई आफ्नो क्षमताको वास्तविकता परिक्षण गर्न आवश्यक रहेको बताएका थिए ।
‘मलाई लाग्छ यो सबै भावनामा गरिएको निर्णय थियो । तर कुनै पनि ब्यापारमा तर्कपुर्ण निर्णय हुन आवश्यक छ ।’ पुर्व मिडफिल्डरले भने, ‘एउटा बिषय भनेको उनीहरुलाई अहिले हिडिरहेको बाटो भन्दा निकै टाढा जान आवश्यक छ । र यो पनि होईन कि उनीहरुले त्यो गरिरहेका छैनन् । जब सर एलेक्स फर्गुसन थिए उनले नयाँ तरिका अपनाएका थिए । युनाईटेडलाई विश्वका उत्कृष्ट प्रशिक्षक भेट्न निकै गाह्रो पर्नेछ ।’
‘सिटीमा पेप ग्वार्डिवलाले आफ्नै तरिकाले काम गरिरहेका छन् । उनले पुर्व प्रशिक्षकले कसरी प्रिमियर लिग जिते भनेर सोधिरहेका छैनन् । लिभरपुलमा जर्गेन क्लोपले जे गरेका छन्, उनको आफ्नै स्टाईल छ । त्यही कुरा युनाईटेडलाई आवश्यक छ । मलाई लाग्छ कि फर्गुसनले जे गरे, त्यसको नजिक पुग्ने कोही खोज्न आवश्यक छैन । उनीहरु आफैले नयाँ परिचय बनाउन आवश्यक छ । माउरिन्होले त्यो चाहेका थिए, तर क्लबले त्यसमा लगानी गरेन ।’ उनले थपे ।