मोरङ । आयोजक यलम्बर फुटबल क्लब पथरी शनिश्चरे स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सुनाखरी खेल मैदान शुक्रबार भएको खेलमा त्रिवेणी क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै यलम्बर उपाधि नजिक पुगेको हो ।
यलम्बरको जितमा युकेश तामाङ, पबिन राई र मन्दिप धिमालले एक एक गोल गरे । खेलमा आयोजकका युकेश म्यान अफ दि म्याच चुनिए ।
अब आयोजकले उपाधिका लागि सेभेन स्टार र नव प्रतिभाबीचको विजेतासंग खेल्नेछ ।
प्रतियोगिताको विजेताले २० हजार १११ सय नगद प्राप्त गर्दा दोस्रोले १० हजार १११ रुपैया पाउने छन् ।